१४ चैत २०८२, बुधवार

भर्खरै

पार्वत गुरुङको लोकप्रियताले विगुमा ‘एमाले लहर’ : ३५ भन्दा बढी “Gen Z”  युवा एकैसाथ प्रवेश

घाम खबर संवाददाता ४ फागुन २०८२, सोमवार
पार्वत गुरुङको लोकप्रियताले विगुमा ‘एमाले लहर’ : ३५ भन्दा बढी “Gen Z”  युवा एकैसाथ प्रवेश

दोलखा। दोलखाको विकट हिमाली भूभागमा पर्ने विगु गाउँपालिकामा एकाएक ‘एमाले लहर’ देखिएको छ। 
आइतबार सिंगटीमा नेकपा (एमाले)द्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम जनलहरमा परिणत हुँदा ३५ भन्दा बढी युवा तथा विभिन्न दलका कार्यकर्ताहरू एकैसाथ एमालेमा प्रवेश गरेका छन् ।
विशेषगरी जेन्जी पुस्ताका प्रभावशाली युवाहरूले पार्टी प्रवेश घोषणा गर्नु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। स्थानीयस्तरमा लामो समयदेखि सक्रिय र जनसम्पर्कमा रहेका युवाहरू एमालेको झण्डामुनि गोलबद्ध भएपछि आगामी निर्वाचन समीकरणमा ठूलो प्रभाव पर्ने विश्लेषण सुरु भएको छ।
वडावार प्रवेशको विवरण
विगु–४ बाटः सुबास तामाङ, बिजय तामाङ, मिङमा तामाङ, अनिसा तामाङ, भुले तामाङ, प्रेम छिरिङ तामाङ, डिले तामाङ, गोरे खत्री, भिम बहादुर तामाङ, अमृत तामाङ, सन्तोष तामाङ, प्रेम तामाङ, शाङगे तामाङ, मान बहादुर तामाङ, बिसाल गिरि, कृष्ण नेपाली र रिजन भित्रि कोटी।
विगु–२ बाटः दिपेन्द्र तामाङ, राज कुमार तामाङ, केशाप तामाङ, मोतिलाल तामाङ र हेम तामाङ।
विगु–८ बाटः अनिसा थामी, हरि बहादुर थामी, तिर्थ थामी, सुक बहादुर थामी, प्रेम बहादुर थामी, दिल माया थामी, डबल थामी, लाल द्वज थामी र रुपेश थामी।
विगु–३ बाटः अनिल खत्री, पुस्कर थापा, दोर्जे तामाङ, महेश पाण्डे र राज कुमार श्रेष्ठ।
यसैबीच, विगु–२ का कृष्ण बहादुर मगरले आफू पूर्ववत् एमालेमै सक्रिय रहेको स्पष्ट पार्दै “अनधिकृत रूपमा अन्य पार्टीमा प्रवेश गराइएको हल्ला गलत भएको” बताएका छन्।
नयाँ पुस्ताको विश्वास एमालेमा
कार्यक्रमका प्रमुख अतिथि लाल कुमार केसीले एमालेको विचार, संगठन र विकास–दृष्टिकोणले युवाहरू आकर्षित भएको बताए। नेतृ रचना खड्का, सान्ति कुमारी पाख्रिन, कृष्ण भुजेल, ठुला थामी लगायतले नवप्रवेशीहरूलाई स्वागत गर्दै “विगुमा एमालेको संगठन थप मजबुत भएको” दाबी गरे।
कार्यक्रममा विशेष उपस्थितिमा रहेका पार्वत गुरुङप्रति युवाहरूको उत्साह उल्लेखनीय देखिएको सहभागीहरूले बताए। स्थानीयस्तरमा उनको लोकप्रियताले नै प्रवेशको लहर बढेको विश्लेषण गरिएको छ।
चुनावी संकेतः बदलिँदो शक्ति–सन्तुलन?
विगुमा लामो समयदेखि प्रतिस्पर्धात्मक राजनीति हुँदै आएको छ। तर पछिल्लो युवा प्रवेशले आगामी निर्वाचनमा एमालेको पकड बलियो हुने संकेत देखिएको छ।
स्थानीय राजनीतिक वृत्तमा अहिले एकै चर्चा छ— “के विगुमा अब निर्णायक बहुमतको आधार तयार भयो?”
नयाँ पुस्ताको खुलेर समर्थनसँगै एमालेले विगुमा संगठनात्मक सुदृढीकरण मात्र होइन, चुनावी जित सुनिश्चित गर्ने आधार तयार गरेको दाबी गरिएको छ।
राजनीतिक समीकरण फेरिँदै गएको विगु अब प्रदेशकै चासोको केन्द्र बन्दै गएको छ।

427 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट